चितवन, २८ कार्तिक । माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकालको पुरानो स्त्रीद्वेषी अभिव्यक्ति भाईरल भएको छ । ढकाल चितवन क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । ढकालले दिएको स्त्रीद्वेषी अभिव्यक्ति अहिले भाइरल भइरहेको छ । उनि गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार हुन । यो क्षेत्रबाट दुई महिलाहरु एमालेका सरस्वती विष्ट र राप्रपाका रीना गुरुङसँग ढकालले प्रतिस्पर्धा गरिरहेका छन् ।
माडी नगरपालिकाको मेयरसमेत रहिसकेका माओवादी केन्द्रका नेता ढकालले महिला उम्मेदवारलाई लक्षित गरेर छोरीलाई पैसा र सुन दान दिनुपर्ने तर मतदान गरे ठूलो भूल हुने चेतावनी दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले गत स्थानिय चुनावमा आफ्नै पार्टीका मेयरका उम्मेदवारलाई भोट माग्ने क्रममा माडीको थारु बस्तीमा ‘छोरीलाई दान दिने, घर आउँदा पैसा छ भने सुनको सिक्री दान दिने हो । छोरीलाई मत दिने होइन’ भनेका थिए । आपैंmले बोलेको ठाकुरको यस्तो अभिब्यक्तिले अहिले उनलाई तानाव दिएको छ ।
विभिन्न कारणले बेलालबेलामा बिबादमा अईरहने ठाकुरको यो अभिब्यीक्तकाकारण बिबाद अभैm बढेको छ ।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन दलले चितवनबाट प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार उठाएका छैनन् ।
ठाकुर ढकालको स्त्रीद्वेषी अभिव्यक्ति भाईरल, भन्छन, ‘छोरीलाई भोट होइन सुनको सिक्री दिने हो’
Related Posts
Add A Comment