कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर गर्न लागेको हो।
कम्पनीले २ प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्काशन गर्दैछ।