२१ मंसिर, काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । मधुमेह, रक्तचाप र मुटुका बिरामी ९२ वर्षीय अनिलको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए ।
सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक पनि थिए ।