नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईँ बिरुद्ध माओवादी पार्टी कार्यलयमा उजुरी परेको छ। बजगाईँले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत एक किशोरीलाई अश्लील शब्द प्रयोग गरेको पाइएको छ ।
मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत रहेका बजागाईँले सोही पार्टीमा आबद्ध एक किशोरीलाई गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाइँलाई ती किशोरीले कारबाहीको लागि पार्टीमा उजुरी गरेको बताइन् । केही समय पहिलेको उक्त घटनाको बारेमा पार्टी कार्यालय बाट अहिले सम्म केही अधिकारिक धारणा भने आएको छैन।