काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने गरेका अगुवा–पछुवा गाडी हटाएको घोषणा गरेका छन्। गृहमन्त्री लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। यद्यपि, भैपरी आउँदा भने आफूले सुरक्षा टोली लिने उनले जनाएका छन्।