कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ। विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १४औँ संस्करण हो। हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो। प्रदर्शनी मैदान नारायणी नदी किनारमा १० दिनसम्म चल्ने महोत्सवको अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम छ ।