फागुन, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित चन्द्र भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी घाइते भएका छन् । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन्। आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशत भागमा असर पुर्याएको अस्पतालले जनाएको छ। उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।