११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालकोटस्थित निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा फागुन १ गते हिंसा दिवस भएको जिकिर गर्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।