काठमाडौं– अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार राति सवा १० बजेतिर गएको भूकम्प मा परी अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दूरीमा रहेको जुर्म भन्ने ठाउँमा रहेको युएसजिएसले जानकारी दिएको छ ।