एजेन्सी : भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ। गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी जेल भने जाने छैनन् । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ।
राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है? अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए।