एजेन्सी : पहिलो पटक आयोजना भएको महिला आईपीएल (वुमेन्स प्रिमियर लिग) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ।
आइतबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सदिएको १३२ रनको लक्ष्यलाई मुम्बई इन्डियन्सले १९.३ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा भेट्टायो। मुम्बईको जितमा इंग्ल्यान्डकी नाट ब्रन्टले ५५ बलमा ७ चौकासहित सर्वाधिक अविजित ६० रनको योगदान दिएकी थिइन्।