मनाङ्ग | अप्पर मनाङ्गमा अवस्थित चर्चित होटल अल्पाइन होमले साइक्लिंग प्रेमीहरुलाई लक्षित गरेर माउंटेन बाईक सेवा सुरु गरेको छ ।
अल्पाइन होमका संचालक सोनाम गुरुङका अनुसार आन्तरिक तथा बाह्य पर्यटकहरुले माउन्टेन बाइक भाडामा लिएर नजिकका नांवल, भ्रागा, हुमदे लगायतका ऐतिहासिक महत्तव बोकेको गाउँहरु घुम्न सक्ने जानकारी दिए। साथै माउनटेन्ट बाइक गाइड पनि उपलब्ध रहेको जानकारी दिएका छन ।