काठमाडौं– एयर डाइनास्टीको हेलिकप्टर धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा दुर्घटना भएको छ। भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिक टीमको लागि हेम्स हस्पिटल पुगेको थियो । उडान गर्ने क्रममा अस्पतालको हेलिप्याडमै हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा हेलिकप्टरको पुच्छरको पंखा उछिट्टिएको छ। दुर्घटनामा कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।