राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । पार्टीहित विपरीत काम गरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो । उनले आफू मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ कराेड रुपैयाँ सहयाेग मागेकाे अडियाे सार्वजनिक भएकाे थियाे ।
श्रेष्ठलाई कारबाही गरिएकाे पत्र पार्टीले संसद सचिवालयलाई पठाउने तयारी गरेकाे छ ।