राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरे पछी रिक्त रहेको पदमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। श्रेष्ठको ठाउँमा मकवानपुरकी एसिड आक्रमण पीडित विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय भएको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।