नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु मध्य एउटा शव फेला परेको छ।
दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–२८, गोलाघाट भन्ने ठाउँमा शव फेला परेको हो । शवको साथमा केही कागजात पनि भेटिएको छ ।नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले राज्यखबरलाइ दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । ‘साह नेपालमा बसेर काम गर्थे,’ डीआईसी केसीले भने ।