Author: भुमिलाल पौडेल

गैँडाकोट, २८ कार्तिक । नवलपुर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन गौतमले नवलपुरका मतदाताहरु काठमाण्डौँ र धरानका जस्तो बन्नु पर्ने बताउनुभएको छ । सोमबार गैँडाकोटको काँग्रेसचोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गौतमले आफुलाई नवलपुरका जनताहरुले काठमाण्डौको बालेन शाह र धरानको हर्क साङ्पाङ जस्तो बन्न आग्रह गरेको बताउनुभयो । ‘मैले यस क्षेत्रका सुख, दुःख र पिर मर्कासँग परिचित छु, ईमान्दार पनि छु, नेता गौतमले बताउनुभयो, ‘म काठमाण्डौको बालेन र धरानको हर्क जस्तो नभई उदाहरणिय काम गरेर राजन गौतम बन्न चाहन्छु, त्यसका निम्ति तपाईहरुपनि काठमाण्डौँ र धरानका मतदाता जस्तो बन्नु पर्छ ।’ गौतमले आफु नवलपुरबासि भएकोले यहाँका जनताको…

Read More

गैंडाकोट, २८ कार्तिक । चुनाव बहिष्कार गर्ने अभियानमा हिडेका नेकपा मशालका केन्द्रीय प्रतिनिधि सहित नवलपुरको रजहरबाट १३ जना पक्राउ परेका छन् । ‘हामीलाई ईलाका प्रहरी कार्यालय रजहरले गिरफ्तार गर्‍यो’ मशालका केन्द्रीय प्रतिनिधि विमल शर्माले टेलीफोनबाट राज्य खवरलाई भने, ‘बहिष्कारको अभियानमा हिँडेका हामी १३ जनालाई पक्राउ गरेर ईप्रका रजहरमा राखेको छ ।’ चुनाव बहिस्कार अभियानमा नवलपुर जिल्लाका सेक्रेटरी रामप्रसाद सापकोटा सहित जिल्लाका अन्य ११ जना नेताहरु थिए । प्रहरीले उनिहरुको साथबाट माईक, टेम्पु ब्यानर, पार्टीको झण्डा र पर्चा पम्लेट समेत लगेको केन्द्रीय प्रतिनिधि शर्माले बताए । उनिहरुलाई सोमबार दिउँसो पौने १ बजे पक्राउ गरिएको थियो । पक्राउ परेपछि आफुहरुले एसपी र…

Read More

काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले ५ जना मान्छे मारेको आरोप लगाएका छन् । उनले छिमेकीको घरमा लास सुताएर सत्तारुढ गठबन्धनले अबिर जात्रा मनाएको कटाक्ष गरे । सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् । सभामा अध्यक्ष ओलीले चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने र चितवन ३ का गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका छन । ओलीले बाटो बिराएर ‘समाचार पढ्नुपर्ने’ र ’बिरामी जाँच्नुपर्ने’ मान्छेहरू उम्मेदवार बनेर आएको टिप्पणी गरे ।’ ‘कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएकाछन् । कोही टिभीमा समाचार भन्नुपर्ने,…

Read More

चितवन, २८ कार्तिक । माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकालको पुरानो स्त्रीद्वेषी अभिव्यक्ति भाईरल भएको छ । ढकाल चितवन क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । ढकालले दिएको स्त्रीद्वेषी अभिव्यक्ति अहिले भाइरल भइरहेको छ । उनि गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार हुन । यो क्षेत्रबाट दुई महिलाहरु एमालेका सरस्वती विष्ट र राप्रपाका रीना गुरुङसँग ढकालले प्रतिस्पर्धा गरिरहेका छन् । माडी नगरपालिकाको मेयरसमेत रहिसकेका माओवादी केन्द्रका नेता ढकालले महिला उम्मेदवारलाई लक्षित गरेर छोरीलाई पैसा र सुन दान दिनुपर्ने तर मतदान गरे ठूलो भूल हुने चेतावनी दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले गत स्थानिय चुनावमा आफ्नै पार्टीका…

Read More