Author: editor

मुम्बई । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ। बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो ।

Read More

धादिङ, असोज १३- धादिङ । धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ ।  प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।

Read More

६ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

Read More

३१ भदौ, काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानको संलग्नता रहेको निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यले हस्ताक्षर गरेर संसद्लाई बुझाउने तयारी रहेको छ। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ । समितिका एक सदस्यका अनुसार सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका नदेखिएको  तर  सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा  भने उन्को संलग्न  देखिएको छ । गोर्खा मिडियाम जीबी राई अध्यक्ष र रवि प्रवन्ध निर्देशक थिए ।

Read More

चितवन । एम एफ टि भेट्रान फुट्सल प्रतियोगिताको उपाधि आयोजक टोलिले जितेको छ। आज भाद्र २२ गते शनिबार भएको फाइनल खेलमा नैालो भेटेरान्सलाई पराजित गर्दै उपाधि जितेको हो |

Read More

भरतपुर, २१ भदौ ।चितवनमा एमएफटी भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । मर्निङ्ग फुटसल टिम (एमएफटी) का आयोजनामा यही भदौ २२ गते शनिबार भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ । एमएफटी मर्निङ फुटसलमा १६ ओटा ओटा समूहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ ।उक्त प्रतियोगिता चितवनको बाह्रघरेस्थित क्यासी फुटसल परिसरमा हुने भएको छ । उक्त खेलमा प्रवेश शुल्क चार हजार रुपैयाँ तोकिएको छ भने विजेता टिमलाई चालिस हजार, त्यस्तै उपविजेता टिमलाई बिस हजार रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र दिईनेछ ।

Read More

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।

Read More

पोखरा ।  पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा दुईको मृत्यु भएको छ ।पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो । सोही घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको छ ।

Read More

नेपालले आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको हो | बुधबार आइसिसीले यसको औपचारिक घोषणा गरेको हो।

Read More

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ। दुवै बसमा गरी कुल ६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। हालसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मङ्गलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ। दुवै बसमा सवार यात्रुको विवरण :

Read More