Author: editor

चितवन : सौराहाको होटलको सेफ्टी ट्याङ्कीमा फँसेको गैँडाको जीवितै उद्धार गरिएको छ । आहाराको खोजीमा बस्तीमा छिरेको उक्त गैँडा सौराहास्थित रिभर भ्यू जङ्गल क्याम्पको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेको थियो । सेफ्टी टयांकीमा फँसेको सो गैँडालाई सुरक्षित तरिकाले जेसीवीको प्रयोग गरी उद्धार गरिएको थियो ।

Read More

२७ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका  प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंकोसर्जन डा जनिथ सिंह घाइते भएका छन्। डा सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउने क्रममा प्रहरीले कुटेका थिए।  उनको टाउकोमा चोट लागेको छ। हाल ट्रमा सेन्टरका चिकित्सकहरुले घटनाको विरोध गरेका छन्। 

Read More

काठमाडौं- नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्की बिजयी भएका छन। साथै महासचिवमा पनि  लोकतान्त्रिक समूहका डा सन्जिब तिवारी बिजयी भएका छन ।

Read More

भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा नेपालको कडा चुनौतीको सामना गर्यो । भारतको लागि पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। नेपालकी अन्जली चन्दले नेपालको लागि पहिलो गोल गरिन्। ६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २-१ गोलको अग्रता दिलाईंन। नेपालका लागि तेस्रो गोल खेल सकिन एक मिनेट अगि अमिसा कार्कीले गरिन्।

Read More

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका छन।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।  प्रचण्डले सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।  रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।* रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्।

Read More

टेडेक्स सौराहारोडको तेस्रो संस्करण यही माघ २१ गते सौराहामा आयोजना हुन गैरहेको छ । आयोजक रूपेश तिमिलसिनाका अनुसार विभिन्न क्षेत्रका ८ जना बिज्ञहरुले उक्त कायक्रममा आफ्नो कुरा राख्ने छन । बाघमारामा अवस्थित होटेल जंगल क्राउनमा कार्यक्रम आयोजना हुने जानकारी आयोजकले दिएका छन ।

Read More

काठमाडौं माघ १८:  नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।  मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको थिए ।

Read More

नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ को समापन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गर्नुभएको हो । महोत्सव समापन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवले अपेक्षित कारोबार गरेको दाबी गर्नुभयो ।

Read More

१ माघ, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । ६८ जना यात्रु लिएर उडेको जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । जहाजमा आगो लागेको छ र निभाउने प्रयास भइरहेको छ।जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

Read More