Author: editor

चितवन, पुस १९– वि.सं.२०५३ सालदेखि चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवले यसपटकको १४औं सँस्करणमा तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपाली चौधौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो ।  महोत्सवमा प्रवेशका लागि सर्वसाधरणतर्फ रु.६० र विद्यार्थीतर्फ रु.३० को टिकट राखिएको छ । यसपटक टिकेट वालेट मार्फत पनि खरिद गर्न सकिने भएको छ । विसं २०७८ मा आयोजना गरिएको चितवन महोत्सव भने कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएको थियो । तीन दिन महोत्सव आयोजना गरेपछि स्थगित भएको थियो ।

Read More

चितवन,पुस १८- चितवनको मुग्लिन बजारमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । इच्छाकामना गाँउपालिका ५ मुग्लिन बजार स्थित पुरानो पुलको छेउमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा आएको हो ।

Read More

चितवन : चितवनमा दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् ।यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार एक हजार आठ सय ११ वयस्क र नौ सय ३१ पाठापाठी बङ्गुरको मृत्‍यु भएको हो। यसबाट करिब रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ ।

Read More

११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल(अर्थ), माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ(भौतिक) र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने (गृह) रहेका छन् ।

Read More

चितवन । अब भरतपुर बाट लाइसेन्स बितरण हुने भएको छ ।भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार अब दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ।मेयर दाहालका अनुसार सेवा सञ्चालनको लागि आवश्यक संरचनाको निर्माण कार्य लगभग अंतिम चरणमा पुगेको र प्राबिधिक कार्य पनि अंतिम चरणमा पुगेको जानकारी दिनु भएको थियो ।

Read More

भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन। कलेजले कारबाही नगरेको भन्दै आज (मंगलबार) विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले शिक्षक सुवेदीलाई नियन्त्रणमा लिएको छ । विद्यालय प्रशासनले भने विज्ञप्ति जारी गरेर अनिश्चितकालको लागि बिद्यालय बन्द गरेको छ।

Read More

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

Read More

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईं भएका छन। माओवादी केन्दकै भाृत संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएर यौन दुव्यर्वहारको आरोप लागेको बजगाईं लाई बागमती प्रदेश समितिको सिफारिसमा बजगाईंलाई नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरेको हो ।

Read More

नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि उम्मेदवार हुने समझदारी बनेको छ। संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ। यो सँगै अब नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

Read More

चितवन, पुस ५– नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने छ । उक्त सडकको विभिन्न स्थानमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएकाले आज पुस ५ गते देखि १ महिना बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने नारायणगढ–मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ ।

Read More