Author: editor

विश्वकप २०२२को उपाधि अर्जेन्टिनाले जितेको छ। फाइनलमा साबिकको विजेता फ़्रांसलाई पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

Read More

भरतपुर, पुस ३- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।  करिब रु ९० लाखको लागतमा निर्माण गरिएको दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको हो । चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट…

Read More

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईँ बिरुद्ध माओवादी पार्टी कार्यलयमा उजुरी परेको छ। बजगाईँले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत एक किशोरीलाई अश्लील शब्द प्रयोग गरेको पाइएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत रहेका बजागाईँले सोही पार्टीमा आबद्ध एक किशोरीलाई गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाइँलाई ती किशोरीले कारबाहीको लागि पार्टीमा उजुरी गरेको बताइन् । केही समय पहिलेको उक्त घटनाको बारेमा पार्टी कार्यालय बाट अहिले सम्म केही अधिकारिक धारणा भने आएको छैन।

Read More

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको को नाममा सुचना जारी गरेको छ। लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पताल तर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन भनेको छ। अस्पतालले नाममा सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र हाजिर हुन आउन भनेको छ। अस्पतालले तोकिएको अवधीमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को…

Read More

काठमाडौं– प्रजातान्त्रिक चिकित्सक समूहको आइतबारको बैठकले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा कार्कीलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो। प्रजातान्त्रिक समूहबाट डा कार्कीसँगै डा भूपेन्द्र बस्नेत र डा बद्री रिजाल पनि आकांक्षी थिए। महासचिवमा भने डा सञ्जिव तिवारीलाई उम्मेदवार हुने भएका छन।

Read More

२९ मंसिर, काठमाडौं । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् ।

Read More

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको आस्थाले जानकारी दिइन् ।  पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन जाने क्रममा उन्लाई फिर्ता पठाइदिएको हो।

Read More

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सपरिवार नेपाल भ्रमणमा रहेका अभिनेता विवेक ओबराय र बुवा सुरेश ओबराय अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार खुमलटार पुगेका हुन् । प्रचण्डसँगको भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो ।  नेपाल रहँदा उनीहरुले पोखरा, लुम्बिनी लगायत ठाउँमा घुम्ने कार्यक्रम रहेको जनाइएको छ।

Read More

चितवन । भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएकी छिन। भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिवद्धता जनाएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ। बैठक पछि धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब ५ सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा सहिद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ। साथै निर्माणधिन पार्वतीपुर…

Read More

भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका जन्ति र केटी पक्षमा १५० भन्दा धेरै बिरामी परेका छन। बिरामी भएकामध्ये केहि उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्। नवलपुर गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएकाहरु अधिकांश बिरामी भएका छन। भोज खाए पछि पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल भर्ना भएका छन ।

Read More