Author: editor

अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा मोरक्कोले पोर्चुगललाई १-० गोलले पराजित गरेको हो।  अफ्रिकन महादेशबाट पहिलो पटक कुनै देश सेमीफाइनलमा पुगेको यो पहिलो पटक हो। 

Read More

भरतपुर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो। प्राधिकरणका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ। अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ। विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो। नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ। हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले क्षमता भन्दा कम यात्रु मात्रै बोक्ने गरेका छन्। धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने…

Read More

२१ मंसिर, काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । मधुमेह, रक्तचाप र मुटुका बिरामी ९२ वर्षीय अनिलको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक पनि थिए ।

Read More

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो भने तीमध्ये सरकारले भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुल्ला गरेको थियो ।

Read More

२० मंसिर, काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ। गिरीमाथि  एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको लागेको हो । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको छ । कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताले राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी गरेकी थिइन् । आरोपको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि छानबिन थालेको छ।  आफूविरुद्ध उजुरी परेपछि  न्यायाधीश अहिले बिदामा बसेका छन्।

Read More

भरतपुर| नारायणगढ जेसीजको अध्यक्षमा अमर घिमिरे निर्वाचीत भएका छन । जेसीज बर्ष २०२३को लागि भएको निर्वाचनमा घिमिरेले ४७ मत प्राप्त गरेको थिए भने प्रतिस्पर्धी रबिन्द्र कुमार श्रेष्ठले २९ मत प्राप्त गरेका थिए ।

Read More

१९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका मनाङ्गेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

Read More

काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्। निर्वाचित गंगा कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने एमालेका शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

Read More

१९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे ।

Read More

१८ मंसिर, काठमाडौं । मेस्सीले जादुयी प्रदर्शन गर्दा अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेसीले ३५ मिनेटमा ओटमेन्डीले डिबक्सभित्र निकालेकाे पासमा उत्कृष्ट गाेल गरे। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे । अब सेमिफाइनल प्रवेशको लागि अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Read More