Author: editor

स्पेनिस पत्रीका मार्काको अनुसार स्टार खेलाडी रोनाल्डो साउदी अरेबियाको क्लबमा खेल्ने लग्भभग निस्चित भएको छ। म्यान्चेस्टर युनाईटेड बाट खेलिरहेका उन्लाई क्लबले क्लब बिरुध बोलेको भन्दै रिलिज गरेको थियो।

Read More

काठमाडौं । सत्ता गठबन्धनकै सरकार गठनको गृहकार्य चलिरहेका बेला संवैधानिक पदको भागबन्डाको खेलो पनि सुरु भएको छ। यसै क्रममा सत्ता गठबन्धनको एक साझेदार नेकपा एस समाजवादीले  राष्ट्रपति वा सभामुखमध्ये एक संवैधानिक पदमा दाबी गर्ने भएको छ । प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी दुवैको दाबी रहने अवस्थामा राष्ट्रपति वा सभामुखमध्ये एक पदमा नेकपा एसको दाबी रहने नेकपा एस समाजवादीका एक नेताले जानकारी दिएका छन। राष्ट्रपति पदमा भने इलाम १ बाट पराजित भएका  झलनाथ खनालले राष्ट्रपति पदका लागि लालसा देखाएका छन् । आफ्नो पराजय अझै सुइकार्न न सकेका खनालले बिगतमा पनि राष्ट्रपती पद प्रती इक्षा देखाएका थिए।

Read More

भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । ३५ दिने सूचना जारी गर्दै भरतपुर महानगरपालिकाले अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, टहरा र संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्‍याम्प, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ । साथै तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले…

Read More

१४ मंसिर, काठमाडौं । अर्जेन्टिना गर या मर को स्थितिमा रहेको छ। कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । मध्यराति पौने १ बजे सुरु हुने उक्त खेल अर्जेन्टिनाको लागि निकै नै महत्तोपूर्ण रहेको छ। समूह सीको मेक्सिको र साउदी अरेबियाबीचको खेल पनि मध्यराति पौने १ बजे सुरु हुनेछ । यो समूहका आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम घर फर्किने छन । विश्वकपको दाबेदार अर्जेन्टिना नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ । अर्जेन्टिना बराबरीमा रोकियो…

Read More

कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर गर्न लागेको हो। कम्पनीले २ प्रतिशत  शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्काशन गर्दैछ।

Read More

काठमाडौं– अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग सोमबार वैवाहिक बन्धनमा बाँधिएका छन्। सलोन र करिश्माको विवाह चन्द्रागिरी रिसोर्टमा भइरहेको छ। सलोन र एयर होस्टेस करिश्मा तीन वर्षदेखि एक–अर्कासँग प्रेम सम्बन्धमा थिए।

Read More

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासीहरु विरोधमा उत्रेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले  महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । ’ जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन् । झडपमा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे घाइते भएका छन् । पाण्डेको टाउकोमा चोट लागेको छ । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।  एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर सम्म अन्तिम म्याद राखेर बस्ती खाली…

Read More

११, मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगलागी भएको हो । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डालगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

Read More

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित भएका हुन ।

Read More

चितवन, मंसिर ८– चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको अग्रता लिएका छन् ।

Read More