Author: editor

चितवन,मंसिर ५- चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ ।एमालेबाट कृष्णभक्त पोखरेल, गठबन्धनबाट उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने प्रमुख उम्मेद्वार रहेका छन। एक लाख २४ हजार २१४ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा छन् ।

Read More

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङ-१ मा विजयी भएका हुन् । ३९९२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली बिजयी भएका छन।

Read More

वीरगञ्ज, मंसिर २- नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट  वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मीपक्राउ परेका छन् ।  बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलका अनुसार  वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको हो।…

Read More

काठमाडौं– विश्वकप फुटबल हेर्नका लागि शुल्क तिर्नुपर्ने भएको छ। शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश सर्वोच्चले बुधबार खारेज गरेको होखारेज भएको छ। न्यायाधीशद्वय मनोज शर्मा र प्रकाशकुमार ढुङ्गानाको इजलासमा बुधबार यस्तो आदेश जारी गरेको हो।

Read More

चितवन| गठबंधनको तर्फ बाटको उम्मेदवार उमेश श्रेस्ठ चढेको गाडी माथि ढुङ्गा प्रहार भसको छ । चुनाबी र्यालीमा रहेका उमेश श्रेस्ठको गाडी माथि भरतपुर-१० स्थित डांफे चोकमा आक्रमण भएको हो ।

Read More

२८ कात्तिक, काठमाडौं । तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

Read More

चितवन। चितवन क्षेत्र न २ मा गठबन्धन तर्फको उम्मेदवार नेपाली काङ्रेसका उमेश श्रेष्ठ अहिले सबै भन्दा धेरै तनाबमा देखिन्छन।  टुरिष्ट  उम्मेदवारको आरोप लागेको उन्लाई जिल्लामा बलियो संगठन रहेको एमालेको उम्मेदवार कृष्ण भक्त पोख्रेल , पत्रकारिता छोडेर राजनीतिमा आएका रबी लामिछाने र राप्रपाको युवा नेता रविन अधिकारीसँग चुनाव लड्नु परेको छ। चितवनको भुगोलको खासै ज्ञान नभएको श्रेष्ठलाई चितवनका स्थानिय नेतालाई बोकेर मतदाताको घरमा पुग्नु बाहेक अरु केही बिकल्प छैन। चरम गुटबन्दीको रहेको चितवन काङ्रेसको एउटा गुट लाई समातेका श्रेष्ठ आफ्नो क्षेत्रको सबै मतदाता सँग नजिकिन निकै संघर्श गरिरहेको देखिन्छ। सिमित नेताको घेराबन्दीमा रहेका उमेश श्रेष्ठ आफ्नै फार्म हाउस रहेको वडा ४…

Read More

२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेल कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् । अफगानिस्तानका रासिद खान ओडीआईमा कप्तानी गर्ने विश्वकै कान्छो कप्तान हुन् । युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा युएई विरुद्ध कप्तानी गर्दा रोहित २० वर्ष ७३ दिनका मात्र छन् ।

Read More

२७ कात्तिक, काठमाडौं । पाकिस्तानमाथि जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । मेलवर्न क्रिकेट मैदानमा पहिलो ब्याटिग गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै ५ विकेटको क्षेतीमा पूरा गरेको हो ।

Read More

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।

Read More