Author: editor

काठमाडौं। डेलिश डेरीले नेपाली युवा उद्यमी मञ्च द्वारा आयोजना गरेको स्टार्टअप अवार्ड २०२२को अवार्ड जितेको छ। चितवनको दिब्यनगरमा फ्याक्ट्री रहेको डेलिशले नेपालमा नै पहिलो पटक ग्रिक योगर्ट उत्पादन गरेको बिक्री बितरण गर्दै आएको छ।

Read More

काठमाडौं– मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्, ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा छन।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ५.७ रेक्टरस्केल, राति ९ बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो। साथै बुधबार बिहान २ बजेर १२ मिनेट…

Read More

मकवानपुर- २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका विरोध खतिवडामाथि हातपात भएको छ । मंगलबार दिउँसो चुनावी अभियानका क्रममा मकवानपुरको मनहरि गाउँपालिका- ४ को चुनावी सभामा जाने क्रममा खतिवडामाथि पुरुषोत्तम खड्काले झापड हानेका हुन। हेटौँडा उपमहानगरपालिका- २ बस्ने अन्दाजी ५०/५५ वर्षीय पुरुषोत्तम खड्काले मादक पदार्थ सेवन गरेर हातपात गरेको इलाका प्रहरी कार्यालय नेवारपानीले जानकारी दिएको छ ।प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं ।  केही समय निष्क्रिय भएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ । बिना कारण निष्क्रिय भएको उक्त ग्रुप फेरी सकृय भएको हो। गत कार्तिक १३ गते देखी उक्त ग्रुप लाई फेसबुकले निष्क्रिय बनाएको थियो ।

Read More

काठमाडौँ । चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । साङ्गीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएका उनले हिजो राति झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको स्रोतले बतायो । गत २० अक्टोबरमा अस्ट्रेलिया गएका प्रकाशको अवस्था अहिले सामान्य रहेको छ ।आयोजकले ब्यवस्था गरेको फ्ल्याटमा प्रकाशले आत्महत्यागर्ने प्रयास गरेका हुन । झुन्डिने प्रयासका क्रममा गायिका भूमिका गिरीले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको श्रोतले जानकारी दिएको छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् ।

Read More

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटील बन्दै गइरहेकाे छ । पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखिएको छ । मधुमेह र उच्च रक्तचापबाट समेत पीडित दिता दाहाल गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

Read More

चितवन, कात्तिक २०- प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरे पछि अवसर पाएका प्रतिनिधिसभा चितवन–३ का माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले लालपुर्जा दिने बाचा गरेका छन । घर दैलो गर्ने क्रममा उनले उक्त कुरा व्यक्त गरेका हुन । लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराजले कुनै गुनासो नआउने तरिकाले काम गर्ने बाचा पनि गरेका छन ।

Read More

१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सेतोपाटीलाई समाचार हटाउन निर्देशन दिएको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकको छोराका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशनका साथै समाचारका विषयमा स्पष्टीकरण पनि सोधेको छ । अग्नि खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार सेतोपाटीले प्रकाशित गरेको थियो ।

Read More

१८ कात्तिक, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ ।

Read More

काठमाडाैँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएकाे छ। किशोरी बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता भएको हो ।

Read More