Author: editor

निर्वाचन आयोगले खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले अदालत जाने भएकी छिन । आज आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले रिट निवेदन दर्ता गराउने उनले जानकारी दिएकी हुन् ।

Read More

१३ कात्तिक, काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) निष्क्रिय भएको छ । एमआरआरलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको सुचना दिदै फेसबुकले निस्क्रिय बनाएको हो।  ग्रुपलाई अहिले पुनः निस्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको सन्चालकले जनाएका छन् । युवाहरूको ठूलो संख्याले फलो गरेको एमआरआर ग्रुपमा पछिल्लो समय राजनीतिक पोस्टसमेत हुने गरेका थिए। युवाहरुको जमात रहेको एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले बालेन शाह, रेनु दाहाल हर्क सम्पाङ लगायतका जनप्रतिनिधीलाई जरिवाना गरेको छ। निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौँ महानगरका मेयर शाह, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सहित  १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तोकेको हो । निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी खर्च विवरण बुझाएपछि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रेनु दाहालले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

Read More

लन्डन- बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। ९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बिहीबार निधन भएको बकिङ्गघम प्यालेसले एक विज्ञप्तिमा जनाएको छ।

Read More

सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेकोमा विश्वस्त रहेको जानकारी दिएका छन् । नाबालिगलाई बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरिसकेको छ।

Read More

२३ भदौ, काठमाडौं । काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु भएको छ । बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका थिए। फर्निचर तथा फर्निसिङ एक्स्पो ५ दिनसम्म चल्ने छ ।

Read More

२३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

Read More

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ । उजुरी परे सँगै नेपाल प्रहरीले  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जाेहरीमाथि अनुसन्धान सुरु भएकाे छ । जाहेरीकर्ता किशोरीले ०७९ भदौ ५ गते राती जबरजस्ती करणी गरेको आरोप उल्लेख गरेकी छिन्।

Read More

नवलपरासी  — पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय तोकिएको छ। । साथै पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् । तनहुँ जिल्ला अदालतमा भने मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।

Read More

नेपाली कांग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधी एवंमप्रतिनिधी सभा सदस्य काठमाडौं क्षेत्र न. ५का आकाँक्षी उम्मेद्ववार प्रणय शम्शेर राणा माथि दुर्व्यवहार भएको छ । फेसबुक मार्फत राणाले आफु माथि दुर्व्यवहारका साथै स्पष्टिकरण सोधिएको कुराको जानकारी दिएका छन ।

Read More