Author: editor

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए। ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ: १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह ६. शरतसिंह भण्डारी, श्रम तथा…

Read More

३० असार, काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

Read More

नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु मध्य एउटा शव फेला परेको छ। दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–२८, गोलाघाट भन्ने ठाउँमा शव फेला परेको हो । शवको साथमा केही कागजात पनि भेटिएको छ ।नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले राज्यखबरलाइ दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । ‘साह नेपालमा बसेर काम गर्थे,’ डीआईसी केसीले भने ।

Read More

२७ असार, काठमाडौं । भैरहवा विमानस्थलको रनवेमा बुद्घ एयरको जहाज चिप्लिएको छ । काठमाडौंबाट भैरहवा गएको कल साइन नाइन एन-एओसी जहाज आज राति ९ बजेतिर रनवेमा चप्लिएको हो । बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

Read More

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार मुकुल ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ ।

Read More

२४ असार, चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि मेयर सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ ।  प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

नेपाल बंगलादेश सँग पराजित भएको छ। टि-२० विश्वकपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको हो। जितको लागि १०७ रनको टार्गेट पाएको नेपाल ८५ रनमा सिमित भयो।

Read More

काठमाडौं : बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन | उनि विश्वकपमा सहभागी हुन पुगेका हुन । नेपाल क्रिकेट संघ क्यानले सोमबार एक विज्ञप्ति निकालेर लामिछाने जारी विश्वकपमा वेस्ट इन्डिजमा हुने साउथ अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुने जानकारी गराएको हो।

Read More

चितवन, चैत २७- वल्र्ड एयर पोलुसन रियल टायम एयर क्वालिटी इन्डेक्सका अनुसार भरतपुर महानगर वरिपरीको वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । ल्र्ड एयर पोलुसन रियल टाइम क्वालिटी इन्डेक्सकाअनुसार भरतपुर महानगरपालिका ७ कृष्णपुरमा रहेको मापन केन्द्रले २७२ एक्युआई तथा मंगलपुर फूलबारीमा रहेको मापन केन्द्रले ३७३ एक्यूआई रहेको देखाएको छ । वातावरण विज्ञका अनुसार एक्युआई ०–५० लाई राम्रो, ५१–१०० मध्यम वा सामान्य प्रदूषण, १०१–१५० संबेदनशिल समूह (बच्चा, वृद्ध, बिरामी) का लागि अस्वस्थ, १५१–२०० सबै समूह वा जनसंख्याका लागि अस्वस्थ, २०१–३०० सबैकालागि धेरै अस्वस्थ, ३०१–४०० खतरायुक्त, तथा ४०१–५०० अति खतरायुक्त भनी वर्गीकरण गरिएको छ ।

Read More

काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । अनुमति नै नलिई यी कार्यक्रम सञ्चालन गरेको पाइएमा शिक्षण संस्थालाई प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ ।

Read More