Author: editor

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ । नेकपा माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् ।

Read More

६ साउन, काठमाडौं ।  सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतो विरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।  दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो विरुद्ध उजुरी परेको हो । सुरुमा उजुरी लिन मानेको प्रहरीले अधिकारकर्मीहरुले दबाब दिएपछी उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए । उपमेयर महतोले कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

Read More

५ साउन, काठमाडौं । मेलम्चीमा फेरि बाढी आएको छ। गत वर्षको बाढीले क्षतविक्षत बनेको मेलम्ची बजारमा फेरी बाढी आएको हो। साथै गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । गएराति भारी वर्षा भएपछी  मेलम्ची खोलाको जल सतह बढेको छ। जलसतह बढेपछि बाढी तथा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

Read More

काठमाडौँ — श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् ।  विक्रमासिंघले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेका हुन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।

Read More

काठमाडौं– देशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै विभागले आगामी २४ घण्टा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

Read More

३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय राष्ट्रिय टिमको प्रदर्शन निरन्तर खस्किँदै गएपछि पुबुदुले पद छाड्ने घोषणा आँकलन गरिएको थियो । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

Read More

४ साउन, हेटौंडा ।  छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । हेटौंडा क्याम्पसमा बि.एड. दोस्रो वर्षको परिक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

Read More

४ साउन, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् । यसअघि प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसाल रहेकी थिइन । रिक्त पदमा प्रधानमन्त्री तथा काङ्रेस सभापती देउवाले नियुक्ति गरेका हुन् ।

Read More

काठमाडौं– श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ। सर्वसाधारणले २२ लाख ७० हजार २५ कित्ता साधारया शेयरका लागि आवेदन दिन सक्नेछन्।

Read More

काठमाडौं–  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। रुघा र ज्वरो समेत आएपछि मंगलबार पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीलाई कोरोना पुष्टि भएको हो। मुख्यमन्त्री पोखरेलले पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन्।  मुख्यमन्त्री पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए।

Read More