Author: editor

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ । पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा खरिद गरिएको तीन वटा दमकल आइपुगेको हो । मेयर बालेन शाहले आफ्नो फेसबुक बाट दमकल आएको जानकारी दिएका थिए।

Read More

चितवन, साउन ३– नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् । पत्रकार कुटपिटको घटनामा सिंहसँग घटनाको विषयमा आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Read More

काठमाडौं,साउन ३- श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले शरण दिन नसक्ने भन्दै देश छाड्न आदेश दिएको छ । सिंगापुरले राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो ।

Read More

३ साउन, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै ६० औं इन्जिनियर दिवस मनाउदै छ । नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, युथ प्रोफेसनल अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, इन्जिनियरर्स एपि्रसियसन अवार्ड, महिला इन्जिनियर अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।

Read More

२ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् । सन् २०११ मा आयरल्याण्डविरुद्दको खेलमा एकदिवसीय डेब्यू गरेका स्टोक्सले १०४ एकदिवशीय अन्तर्राष्ट्रियमा ब्याटिङतर्फ ३ सतकसहित २ हजार ९१९ रन तथा बलिङतर्फ ७४ विकेट लिएका छन् ।

Read More

२ साउन, काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।भारतमा आज देशको भावी राष्ट्रपतिकोलागि विभिन्न राज्यको संसद र विधान सभामा मतदान भइरहेको छ। सो अवसरमा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका थिए। ८९ वर्षीय मनमोहन सिंह ह्विलचेयरमा संसद भवन पुगेर केही व्यक्तिको सहयोगमा मतदान गरेका थिए।

Read More

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना दरखास्त स्वीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सुचनामा अरुण कुमार प्रधान, भुवन केसी, दिपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित,  सुष्मा कार्की सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, र सुशीलकुमार पोखरेल रहेका छन्।

Read More

१ साउन, काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सकिएको छ। तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भने नहुने भएको छ । प्रचण्ड आज (आइतबार) साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका प्रचण्डले भेट न हुनुको कारण भने खुलाएका छैनन।

Read More

१ साउन, काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी धागीथुङ–२ का ३१ वर्षीय विजय कुँवर, दैलेख तिलुखाना–६ का ३२ वर्षीय विमलबहादुर शाही, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २९ वर्षीय धुपेन्द्रबहादुर शाही, रामेछापका धनबहादुर रोका र झापाका आशिष तामाङ छन्। उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।

Read More

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको हो । यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लगाएको हो । उद्योग मनत्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी भदौं १४ गतेसम्म १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको जनाएको छ।

Read More