Author: editor

काठमाडौं साउन १- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ। असार २९ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २१ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

Read More

चितवन, असार ३२-  विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात जना कर्मचारीलाई पत्रकार कुटेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ  समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीले हातपात गरेका थिए। कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

Read More

काठमाडौं– काठमाडौं जोरपाटीमा रहेकोको सर्वनाम शिक्षालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको होस्टल वार्डेनलाई रामेछापबाट प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा सोधपुछ तथा थप अनुसन्धानका लागि  सर्वनाम शिक्षालयकाका प्रिन्सिपललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वार्डेनले होस्टलमा बस्ने बालिकाको संवेदनशील अंगहरु छुने, अश्लील प्रकारका भिडियोहरु देखाउने गरेको आरोप लागेको छ। होस्टल पुगेर घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले असहयोग र दुव्र्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका थिए।

Read More

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत खेलमा नेपालले यूएईसँग लज्जास्पद पराजय ब्यहोरेको छ। टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले १.१ ओभरमा सहजै जीत हासिल गर्यो ।

Read More

काठमाडौं– बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च उदालत, पोखराले सदर गरेको छ। तनहुँ र नवलपुर जिल्ला अदालतले  थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशको  विरुद्ध शाह उच्च उदालत, पोखरा गएका थिए ।बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हो ।   आदेश सदरसँगै शाहले थुनामै रहेर मुद्दाको प्रक्रियामा सहभागी हुनुपर्ने छ। पल शाहलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ।

Read More

पोखरा – पोखरा महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्बन गरको छ । नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा संलग्न वडा नम्बर २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा नम्बर ३३ का वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र २३ कै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई विधानको धारा ८१ अनुसार निलम्बित गरिएको जानकारी दिएका छन।

Read More

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ । माओबादी केंद्र बाट निर्वाचितगाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधिलाई प्रशिक्षण सुरु भएको हो ।

Read More

भारतका चर्चित गायक केकेको कलकत्तामा निधन भएको छ । भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उनले हालसम्म २५० गीतमा स्वर दिएका छन्। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

Read More

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । ९ एनएईटी टि्वनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । 

Read More

‘कबड्डी ४’ले धमाकेदार सुरुवात गरेको छ। ‘कबड्डी ४’ ले रिलिज भएको पहिलो दिनमै साँढे ३ करोडको व्यापार गरेको छ। बितरकहरुका अनुसार यस अगी कुनै पनि नेपाली फिल्मले पहिलो दिन यती धेरै ब्यापार गरेको थिएन। बितरकका अनुसार पुष्पा, केजीएफ र आरआरआरको पहिलो दिनको कमाइ लाई कबड्डीले जितेको छ। नेपालमा सवै भन्दा धेरै मल्टीप्लेक्सको सन्जाल भएको क्यूएफएक्समा शुक्रबार कबड्डीले १ सय ७ शो प्राप्त गर्‍यो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर ,गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ।

Read More