Author: editor

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै प्रचण्डले ओली माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको टिप्पणी गरे। शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन ओलीलाई  चुनौती दिएका हुन्। प्रचण्डले भने, ‘तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन। पहिलोचोटि पनि तपाईंको भाषामा माओवादी केन्द्रको वैशाखी टेकेर हुनुभएको हो। दोस्रो पटक हाम्रो पनि भोट लिएर हुनुभएको हो, उनले भने, ‘अब भएर देखाउनुस् त। अबको चुनावबाट भएर देखाउनुस् तपाईंलाई मानिन्छ। तपाईं एमालेको प्रधानमन्त्री…

Read More

काठमाडौं– चितवनको भरतपुर महानगरपापलिकाकी मेयर रेनु दाहाल स्टाफ कलेज अगाडि दुर्घटनामा परेर घाइते भएकी छन् । उनी चडेको गाडी पोलमा ठोक्किएर सामान्य घाइते भएकी छन् । उनलाई टाउकोमा सामन्य चोट लागेपछि नजिकैको सुमेरु अस्पतालमा लगिएको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको बताइएको छ ।

Read More

काठमाडौं :काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह ‘बालेन’ निर्वाचित भएका छन् । बालेन साहले ६१७६७ मत ल्याएका छन । साह पछि नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहले भने ३८३४१ मत ल्याएकी छन्।

Read More

१२ जेठ, काठमाडौं । ५ वर्ष अगि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई सीवाईबीले पक्राउ गरेको छ ।

Read More

१२ जेठ, काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारले निजगडमा विमानस्थल निर्माण गर्न गरेका सबै निर्णय अदलातले खारेज गरीदिएको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत ,हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उक्त निर्णय गरेको हो । निजगडमा रहेका करिब २४ लाख सालका रुख कटान गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । 

Read More

चितवन, जेठ १२ चितवनको भरतपुर महानगरपालिका–१० मा अवस्थित अरोमा कलेजका बिद्यार्थी समीप पौडेल चार दिन देखी बेपत्ता भएका छ्न् । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका–४ हरैया स्थायी घर भएका समीप पौडेल जेठ ९ गते देखी सम्पर्कमा न आएको उनका परिवारले जनाएका छन् । उनको परिवारको अनुसार समीप कक्षा १२ को परीक्षाको लागि चितवन हिडेका थिए । गहुँगोरो वर्णका १८ वर्षीय पौडेलले चस्मा लगाएका छन् । समीपको बारेमा केहि जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा अथवा ९८४५५४९४७१, ९८४५१५६४१२, ९८५१२२४७७३ र ९८४५०८९५४६ मा सम्पर्क गरिदिन उनका परिवारले अनुरोध गरेका छन् ।

Read More

चितवन, जेठ १०- हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकामा ७७ जना जनप्रतिनिधि जितेर नेपाली कांग्रेस पहिलो ठूलो दल बनेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट प्राप्त तथ्यांक अनुसार कांग्रेसले भरतपुर महानगरपालिकामा १६ वडा अध्यक्षसहित ७७ जना जनप्रतिनिधि जितेको छ  । मेयरमा रेनु दाहाललाई समर्थन गरेको नेपाली काङ्रेसले उपमेयरमा बिजयी हासिल गरेको छ।

Read More

बर्दिया — मंगलबार राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई माओवादी केन्द्रबाट राजापुरको मेयरमा निर्वाचित भएका नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएका हुन।

Read More

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले गामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ। ६ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए। उनका अनुसार टी–ट्वान्टी लिगमा काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन्।

Read More

काठमाडौँ – नेपाल क्रिकेट संघले अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरुको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । खेलाडी सँगै  मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरहरुको पनि मासिक पारिश्रमिक वृद्धि हुने भएको छ। मंगलबार बसेको क्यानको बोर्ड बैठकले उनीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । क्यानको निर्णय अनुसार ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन् । यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार पाउँदै आएका थिए…

Read More