Author: editor

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण र सहयोगी नरेन्द्र केसीलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

Read More

वैशाख, काठमाडौं । घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा आज निधन भएको छ । थापाको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ ।

Read More

१९ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई निलम्बन गरिएको हो ।

Read More

काठमाडौं–  पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका हुन्।राई लाई ललितपुरबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा यसअघि प्रहरीले दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए ।

Read More

काठमाडौं, वैशाख १२- चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठ भन्दा ४३,०२५ मत धेरै पाएका छन। श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

Read More

१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनले ३४ हजार ९१८ मत ल्याएका थीए । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर वाग्ले विजयी भएका हुन् ।

Read More

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उड्नेबित्तिकै इन्जिनमा आगो लागेको देखिएको थियो। जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ।

Read More

११ वैशाख, तनहुँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले स्वीकार गरेका छन । हार स्वीकार्दै उन्ले  मतदाता प्रति आभार व्यक्त गरेका छन् ।

Read More

चितवन,बैशाख १०- चितवन २ अन्तर्गत नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेसँगै मतदान सुरु भएको छ । मतदानस्थलमा झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिसँगै ४ घण्टापछि सुचारु भएको छ । दलहरूबीच ४ बुँदे सहमति भएको छ ।

Read More

काठमाडौं– नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। नेपालमा निर्मित यात्री बाइकका निर्माताहरु बाइकको दर्ता प्रकृयामा आएको समस्याको कारणले बिदेश पलायन हुँदै भन्ने समाचार प्रकाशित भएको थियो। प्रधानमन्त्री प्रचण्डले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन्।

Read More