Author: editor

चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध गर्दै आक्रमणको प्रयास गरेका छन । आक्रमणको प्रयास भएसी मतदान स्थगित भएको हो । साथै हुलदङ्गाको भिडियो खिचेको भन्दै एक कार्यकताले सर्वसाधारणको मोबाइल फुटाईदिएका छन ।

Read More

काठमाडौं–  आज देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन गइरहेको छ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ। तनहुँ–१, बारा–२ र चितवन–२ मा ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान बेलुका ५ बजेसम्म हुने आयोगको तालिका रहेको छ।

Read More

नेकपा माओवादी पाटीको भातृ सङगठन वाईसीएल भरतपुर महानगरका ईन्चार्ज दिवाकर राज श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी प्रवेश गरेका छन । विहिवार भरतपुरमा आयोजित रास्वपाको चुनावी सभाबाट पाटी सभापति रवि लामिछानेको हातबाट पाटीको चुनाव चिन्ह घण्टीको व्याच लगाएर श्रेष्ठ रास्वपा प्रवेश गरेका हुन ।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरे पछी रिक्त रहेको पदमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। श्रेष्ठको ठाउँमा मकवानपुरकी एसिड आक्रमण पीडित विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय भएको सभापति रवि लामिछानेले   पत्रकार सम्मेलनमा जानकारी दिए ।

Read More

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ। दुई करोड घुस मागेको अडिओ प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। बैठकपछि पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरिएको बारे जानकारी दिए। यसअघि अनुशासन समितिले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो।

Read More

२९ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । पार्टीहित विपरीत काम गरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो । उनले आफू मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ कराेड रुपैयाँ सहयाेग मागेकाे अडियाे सार्वजनिक भएकाे थियाे ।  श्रेष्ठलाई कारबाही गरिएकाे पत्र पार्टीले संसद सचिवालयलाई पठाउने तयारी गरेकाे छ । 

Read More

२६ चैत, पोखरा । धौलागिरि बेसक्याम्पमा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । पाइलट र अर्का एक जना हेलिकप्टरमा सवार थिए। उनीहरू सुरक्षित छन्।

Read More

काठमाडौं– एयर डाइनास्टीको हेलिकप्टर धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा दुर्घटना भएको छ। भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिक टीमको लागि हेम्स हस्पिटल पुगेको थियो । उडान गर्ने क्रममा अस्पतालको हेलिप्याडमै हेलिकप्टर दुर्घटनामा परेको हो।  दुर्घटनामा हेलिकप्टरको पुच्छरको पंखा उछिट्टिएको छ। दुर्घटनामा कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Read More