Author: editor

काठमाडौँ — उडिरहेको बिमानमा कुटाकुट गर्ने दुई यात्रुलाई पक्राउ गरिएको छ। बुधबार दिउँसो साढे ४ बजे विराटनगर विमानस्थलबाट ७० यात्रु बोकेर उडेको बुद्ध एयरको एटीआर विमान भित्र जगडा गर्ने दुई यात्रुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। सिट नम्बर ९ मा बसेका ‘ए’ दुर्गालाल श्रेष्ठ र ‘बी’ मा बसेका विमलबाबु श्रेष्ठ कुटाकुट गर्न थालेका थिए । गोरखा घर भएका ती दुवै आफन्त हुन् । विमलबाबु श्रेष्ठ लाई १० लाख रुपैयाँ चेक बाउन्सको उजुरीमा थुनामा राखिएको छ भने दुर्गालाल श्रेष्ठलाई तारिखमा छाडेको गौशालाका डीएसपी सञ्जीवबाबु खड्काले बताए ।

Read More

२२ चैत, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ३४ आरोप लागेको ऊनि आपराधिक आरोपको सामना गर्ने पहिलो अमेरीकी राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

Read More

काठमाडौँ — नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले स्वामित्व लिएर निर्माण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Read More

नेपाली कांग्रेसले चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ । चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई पार्टीले कारवाही गरको थियो। २०७० को संविधानसभा चुनावमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइरालाको कारवाही फुकुवा भएको हो। पार्टी सभापति रहेका बेला ऊनि कारवाहीमा परेका थिए ।

Read More

सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै चितवनमा बागी उठेका दिनेश कोइराला र जगन्नाथ पौडेलको कारवाही फुकुवा गरेको छ । प्रस्तावक, समर्थक बसेका नेताहरूको पनि कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। २०७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

Read More

रौतहट, चैत १९- रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा उनको इंजिनियर ज्वाइले एसईई परिक्षा दिएको खुलेको छ । विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेपछि उक्त घटना बाहिर आएको हो । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । सिम्बोल नं.३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

Read More

१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान आठ बजेदेखि सुरु हुँदै छ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

Read More

अर्थविद एवंम कांग्रेसी युवा नेता स्वर्णिम वाग्लेले कांग्रेस त्यागेको घोषणा गरेका छन। फेसबुकमा स्टेटस लेखेर वाग्लेले काँग्रेस त्यागेको घोषणा गरेका हुन ।

Read More

काठमाडौं,चैत १६- अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ । सात वर्ष लामो सम्बन्धमा बारेमा जानकरी दिदै सौगातले सहमतिमै आफूहरु अलग हुने बाटोमा अघि बढेको बताएका छन् ।

Read More

मनाङ्गमा मिथा फेस्टिवल सम्पन्न भएको छ। बर्षको अंतिममा पर्ने यो पर्वमा मनाङ्ग जिल्लाका युवाहरु आफुलाई पाएक पर्ने स्थानमा भेला भएर बाण हान्ने गर्दछन ।

Read More