Author: editor

नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका व्यापारी सुशील चटौतलाई जिल्ला अदालत ललितपुरले दोषी ठहर गरेको छ। ३८ वर्षीय सुशील पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका व्यापारिक साझेदार हुन्। सुशीललाई जोगाउन तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा कमजोर बनाउन ललितपुर सरकारी वकीलको कार्यालयलाई दबाब दिएका थिए।

Read More

मनाङ्ग | अप्पर मनाङ्गमा अवस्थित चर्चित होटल अल्पाइन होमले साइक्लिंग प्रेमीहरुलाई लक्षित गरेर माउंटेन बाईक सेवा सुरु गरेको छ । अल्पाइन होमका संचालक सोनाम गुरुङका अनुसार आन्तरिक तथा बाह्य पर्यटकहरुले माउन्टेन बाइक भाडामा लिएर नजिकका नांवल, भ्रागा, हुमदे लगायतका ऐतिहासिक महत्तव बोकेको गाउँहरु घुम्न सक्ने जानकारी दिए। साथै माउनटेन्ट बाइक गाइड पनि उपलब्ध रहेको जानकारी दिएका छन ।

Read More

एजेन्सी : पहिलो पटक आयोजना भएको महिला आईपीएल (वुमेन्स प्रिमियर लिग) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा  दिल्ली क्यापिटल्सदिएको १३२ रनको लक्ष्यलाई मुम्बई इन्डियन्सले  १९.३ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा भेट्टायो। मुम्बईको जितमा इंग्ल्यान्डकी नाट ब्रन्टले ५५ बलमा ७ चौकासहित सर्वाधिक अविजित ६० रनको योगदान दिएकी थिइन्।

Read More

शुक्रबार नेपाली आकाश ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । नेपाल एयरलाइन्सको विमान र भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाको विमान नेपाली आकाशमा एउटै उचाइमा उडान भरेपछी ठोकिनबाट जोगिएका हुन् । शुक्रबार मलेसियाको क्वाललम्पुरबाट काठमाडौंतर्फ आइरहेको नेपाल एयरलाइन्सको विमान र  सिमराको आकाशमाथि होल्ड गरिएको विमान मध्य भारतबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज १९ हजार फिट बाट एक्कासी १५ हजार फिटमा झरेको थियो  । सो होल्डका क्रममा  झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको विमानसँग झन्डै ठोकिने अवस्था आएको थियो ।  दुई जहाज एकैठाउँमा होल्ड होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । उक्त प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एअर ट्राफिक…

Read More

नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एकसाथ अगाडि बढाउनु पर्ने बताएकी छन् । रंगशाला बन्छ कि बन्दैन भन्ने विषय अहिले निकै आएको हुनाले आफुले रंगशाला बनाउनु पर्छ भन्ने पक्षमै रहेको र आफुले सक्दो पहल गरिरहेको जानकारी दिएकी छन् ।

Read More

सुर्योदय नगरपालिका –१०,ईलाम निवासी युवन्तीका तामाङ नक्कली नागरिकता बनाएको खुलासा भएको छ। गुपचुपनै राखिएको यो घटनामा युवान्तिका जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएकी छिन्। बाबु आमाको झुटो विवरण दिएर नागरिकता बनाएको मुद्दामा जिल्ला अदालत चितवनबाट उनी फागुन १० मा एक लाख ५० हजार धरौटीमा रिहा भएकी हुन्। नेकपा(एमाले) प्रतिनिधि सभा सदस्य  संसदीय दलको उपनेता सुवास नेवाङलाई मामा भनेर सम्बोधन गर्ने युवान्तिकाले चितवनको छविलाल तामाङको छोरी भएको दाबी गर्दै नागरिकता बनाएको आरोप लाग्यो। सुवास नेवाङ परिवार निकट स्रोतका अनुसार युवान्तिका सँगै कुनै पनि पारिवारिक निकटता नरहेको र युवा संघमा आबद्ध भएको हुनाले बेला बखत भेट भएको बेला फोटो सँगै लिएको हुन…

Read More

१० चैत, काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो रोल क्रममा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

Read More

चितवन, फागुन १०-  यातायात व्यवस्था कार्यालयले चितवनबाट लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने छ ।

Read More

काठमाडौं– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको जानकारी दिए।

Read More

काठमाडौं- नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ पुरूष र एक करोड ४९ लाख ११ हजार २७  महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको छ। यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख…

Read More