Author: editor

एजेन्सी : भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ। गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी जेल भने जाने छैनन् । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ। राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है? अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए।

Read More

चितवन चैत ७- देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । आश्रम सञ्चालिकाका श्रीमानले  बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो ।  कक्षा ११ मा पढ्ने १४ वर्षीया बालिकामाथि सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनलेले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। कृष्णबहादुर टण्डनलेले बालिकामाथि पटकपटक दोहोर्याएपछि आश्रमबाट भागेर बालिका गत फागुन १८ गते साथीको घरमा आश्रय लिएकी थिइन् । आरोपित ५७ वर्षीय कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

८ चैत, काठमाडौं । आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ ।  तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो । यस्तै, तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

Read More

काठमाडौं। चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले १ सय १४ वटा क्याम्पसमा विजय हासिल गरेको छ । १ मेची ब. क्याम्पस सन्देश धमाला २ गौरादह ब. क्याम्पस विक्रम तिवारी ३ नर्सिङ्ग क्याम्पस, विराटनगर प्रशंशा पौडले ४ महेन्द्र रत्न ब. क्याम्पस दर्शन राई ५ विरगञ्ज नर्सिङ्ग क्याम्पस मनिषा चौधरी ६ स्नाकोत्तर क्याम्पस निर्मल प्रसाद गजुरेल ७ धनकुटा ब. क्याम्पस सन्तोष बुढाथोकी ८ भोजपुर ब. क्याम्पस निशान्त राई ९ लमजुङ कृषि क्याम्पस विरेन्द्र जि.सी १० बुटवल ब. क्याम्पस दिर्घ बहादुर एमसी ११ महेन्द्ररत्न क्याम्पस ईश्वर थापा १२ जनप्रशासन क्याम्पस अग्र शाही १३ ललितकला क्याम्पस सुजन श्रेष्ठ १४ महारञ्जगंज…

Read More

काठमाडौं– अफगानिस्तानमा   ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार राति सवा १० बजेतिर गएको भूकम्प मा परी अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दूरीमा रहेको जुर्म भन्ने ठाउँमा रहेको युएसजिएसले जानकारी दिएको छ ।

Read More

सुर्योदय नगरपालिका –१०,ईलाम निवासी युवन्तीका तामाङ नक्कली नागरिकता बनाएको खुलासा भएको छ। गुपचुपनै राखिएको यो घटनामा युवान्तिका जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएकी छिन्। बाबु आमाको झुटो विवरण दिएर नागरिकता बनाएको मुद्दामा जिल्ला अदालत चितवनबाट उनी फागुन १० मा एक लाख ५० हजार धरौटीमा रिहा भएकी हुन्।

Read More

चितवन । नेपाली काङ्रेस चितवनले आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनको तयारीको पुर्वसन्ध्यामा पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचार गरेको छ । सो बैठकले कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।

Read More

चितवन । आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । हिजो सम्पन्न बैठकले चितवन–२ का लागि उमेदवारहरुमा मिलनबाबु श्रेष्ठ, देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, राजन कार्की, कैलाश कोइराला, गौरी श्रेष्ठ, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी, विपीन रामुदामु, र देवकी गौतम लाई सिफारिस हो ।

Read More

काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

Read More

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् ।

Read More