Author: editor

६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन् । एमाले निकट अखिलको दबदबा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा नेकपा एमालेको सचेतकको जिम्मेवारी पाएका महेश बर्तौला क्याम्पसमा २०६२ र २०६५ सालमा स्ववियु अध्यक्ष निर्वाचित भएका थिए ।

Read More

६ चैत, विराटनगर । विवादास्पद छविका अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी आइतबार कारागारबाट छुटेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका गुण्डा नाइकेको रुपमा परिचित गिरीले घरमा आफ्ना समर्थकलाई बोलाएर केक काटेर पार्टी दिएका थिए ।

Read More

३ चैत, काठमाडौं । राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् । राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा परिवर्तन गरिएको छ । ह्याण्डल परिवर्तन भएपछी भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ ।

Read More

काठमाडौं- आइसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा  नेपाल विश्वकप छनोटमा पुगेको छ। नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो। डिएल मेथडका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिएको थियो ।

Read More

काठमाडौं–  जुम बैठक चलिरहँदाएक महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको आरोपमाकृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका कृषि संकायका डिन प्रा जयप्रकाश दत्त निलम्बनमा परेका छन्। उनलाई निलम्बन गरी छानबिन भइरहेको विश्वविद्यालयले जनाएको छ।

Read More

फागुन, काठमाडौं । यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

Read More

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ। कार्यालयको आधिकारिक पीएमओ अन्डरस्कोर नेपाल अन्डरस्कोर (@PM_nepal_) ह्याक भएको हो। अहिले उक्त अकाउन्ट बाट क्रिप्टो सँग आधारित टुइटहरु रिटुइट भएका छन ।

Read More

अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक  भएपछी बर्षा र उन्को वैबाहिक जीवनको अधिकारिक अन्त्य भएको छ। फोटो सार्वजनिक भएपछी अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको कुरा खुलाएकी छिन।

Read More

८ फागुन, काठमाडौं । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

Read More

२७ फागुन, काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।  चैत ३ गते निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ।

Read More